काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो।
सोही अनुरुप कांग्रेसले आज देशव्यापी प्रदर्शन गरेको हो ।

Your Ad Code Here

कांग्रेसले आज ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको प्रदर्शनीमार्गमा आज बृहत विरोध सभाको पनि आयोजना गरिएको जानकारी दिए।

यसअघि यसको विरोधमा कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग