काठमाडौं । माधवकुमार नेपाललाई प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले पहिलो बरियताको अध्यक्षमा राखेको जनाइएको छ ।

पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको जनाइएको हो । आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, पहिलो बरियतामा अध्यक्षता माधव नेपाललाई राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताएका छनज् ।

Your Ad Code Here

‘कोही पनि दुई नम्बर हुनुहुन्न । दुवै एक नम्बर हुनुहुन्छ’, पाण्डेले भनेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’कै प्रस्तावमा नेपाल पहिलो र प्रचण्ड दोस्रो बरियतामा रहेर बैठक बसेको थियो । तर, अर्को बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन् र उनी नै पहिलो बरियतामा हुनेछन् ।

‘आलोपालो अध्यक्ष भनेका छौं, त्यसको प्रारम्भ आठौं स्थायी कमिटी बैठकबाटै गरिसकेका छौं । त्यसैअनुसार, कमरेड माधव नेपालले अध्यक्षता गर्नुभयो । अर्को बैठकको अध्यक्षता अध्यक्ष कमरेड प्रचण्डले गर्नुहुन्छ । यसैगरी आलोपालो हुन्छ’, पाण्डेले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग