काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील पार्टीले आज पनि प्रदर्शन गरेको छ ।

‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरसहित विवेकशीलका कार्यकर्ताहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

Your Ad Code Here

कार्यकर्ताहरुले ऐना बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकले-समाजले-दलले-सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

No description available.

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग