सप्तरी । देशको अधिकांश ठाउँमा चिसो बढ्ने संभावना रहेको छ ।

चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Your Ad Code Here

हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भू –भागमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भू –भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान

पौष २४ गते (शुक्रबार)
दिउँसोः
प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

पौष २५ गते (शनिबार)
दिउँसोः
प्रदेश १, प्रदेश नं २, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते (आइतबार)
दिउँसोः
देश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग