काठमाडौं । राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद भएको बताएकी छन् ।

३/३ जना पूर्वप्रधानमन्त्री सहभागी कार्यक्रममा राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद र आपत्तिजनक भन्दै उनले माफी माग्न आग्रह समेत गरेकी छन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो ।

Your Ad Code Here

उनले भनिन् ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही काम गरेको भए यस्तो नारा लाग्दैनथ्यो ।’ उनले प्रश्न गरिन् ‘यदि त्यस्तो नारा लगाउने मान्छे राजनीतिक मान्छे हो भने सार्वजनिक रुपमा माफी माग्ने कि नमाग्ने ?’

सांसद पौड्यालले राजनीतिमा विरोध र समर्थन गर्न पाइने भए पनि राजनीतिक संस्कार चाहिने बताइन् । लोकतान्त्रिक आन्दोलनमा पुरुष बराबरै महिलाको पनि सहभागिता रहेको पनि बताएकी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग