काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनलाई असंवैधानिक भन्न नमिल्ने बताएका छन् ।,

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेता गौतमले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्न नमिल्ने बताएका हुन्।

Your Ad Code Here

गौतमले संसद् विघटनसम्बन्धी रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएकाले अब संसद विघटनलाई असंवैधानिक भन्न नमिल्ने दावी गरेका छन् । । उनले ‘यससम्बन्धी रिट संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक भन्न मिल्दैन ।’ भनेका छन् ।

उनले थप्दै ‘यो संवैधानिक विषय हो । भन्नलाई त सबैलाई स्वतन्त्रता छ । तर अब संविधानविपरित छ भन्न मिल्दैन।’ भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग