सप्तरी । पहाडी तथा हिमाली भू–भागका हिमपात हुने जनाइएको छ ।

यससँगै देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

Your Ad Code Here

हाल देशको केहि पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

पौष २३ गते (बिहीबार)

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः प्रदेश १ र सुदुर–पश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २४ गते (शुक्रबार)

दिउँसोः प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २५ गते (शनिबार)

दिउँसोः प्रदेश १, प्रदेश नं २, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, प्रदेश नं २, बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग