काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुने बताएका छन् ।
समाजिक सञ्जाल ट्वीटरमा बुधबार एक ट्वीट गदै पूर्वप्रधानमन्त्री समेत रहेका नेता डा. भट्टराईले आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुने बताएका हुन् ।
साथै भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सर्वोच्च अदालतको निर्णय हुनसक्ने बताएका छन्। अदालतले सही व्याख्या नगरे अरु बाटो रोज्न बाध्य हुने उनले बताएका छन्।
भट्टराईले ट्वीटमा ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ। ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ।अरू बाटो रोज्न नपरोस्।’ लेखेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech