लहान । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्र रक्षाका लागि चुनावको विकल्प नरहेकाले बताएका छन् ।

सोमबार सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको विकल्प नरहेकाले बताएका हुन् ।

Your Ad Code Here

चुनावको विकल्प नरहेको बताउँदै उनले चुनावको तयारीमा लाग्न आग्रहसमेत गरेका छन् । उनले ‘‘चुनाव हुने कि नहुने द्विविधा मनबाट हटाएर नेकपाका सबै तहका नेता कार्यकर्ता चुनावको तयारीमा लागौँ ।’ भनेका छन् ।

साथै उनले आफ्नै पार्टीका केही नेताले सरकार र पार्टी दुवैलाई असफल बनाउने प्रयास गरेपछि संसद् विघटन गरेर चुनावको घोषणा गर्नुपरेको बताएका छन् । उनले ‘सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्न विभिन्न क्षेत्रमा काम अगाडि बढाइरहेकै बेला आफ्नै पार्टीका केही नेताले असफल बनाउने प्रयास गर्यो ।’ भनेका छन् ।

तीन वर्षमै सरकार ढल्नु दुर्भाग्य भएको पनि उनले बताए । उनले भनेका छन् ‘नेकपालाई जनताले पाँच वर्ष स्थिर सरकार चलाउन जनमत दिएकाले तीन वर्षमै सरकार ढल्नु दुर्भाग्य हो ।’ साथै उनले प्रधानमन्त्री ओलीमाथिको आरोपपत्र फिर्ता र तोकिएको मितिमा चुनावमा जान तयार भए अझै पनि एकता हुन सक्ने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग