विराटनगर । भूमि व्यवस्था तथा सहकारी मन्त्री डा शिवमाया तुम्बाहाम्फेले सरकार निर्वाचनको तयारीमा लागिसकेको बताएकी छन् ।

सोमबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले बैशाखमा हुने निर्वाचनका लागि सरकारले सबै तयारी सुरु गरेको बताएकी हुन्।

Your Ad Code Here

तुम्बाहाम्फेले सरकारले निर्वाचन घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोगले आफ्नो तयारी सुरु गरेको र सम्पूर्ण सूरक्षा निकायले पनि त्यसै अनुसार व्यवस्थापन मिलाइरहेको बताइन्।

‘निर्वाचन हुँदैन भन्ने आंशका धेरैमा छ, तर, निर्वाचन हुन्छ, त्यो आवश्यकता पनि हो, त्यसका लागि सबै निकाय लागेका छन्’, उनले भनिन्, ‘सरकारले आर्थिक व्यवस्थापन सुरु गरिसकेको छ।’

निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउनु देशमा शान्ति कायम नहोस् भन्ने शक्तिको काम भएकाले यसमा विश्वास गर्न उनले आग्रह समेत गरिन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग