जुम्ला। जुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ ।

त्यहाँ एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् । हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ ।

Your Ad Code Here

रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परे सँगै हिँउ जमेको हो । अहिले जुम्लाको तापक्रम माईनस बाट शुन्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।

हिमपात सँगैको चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग