दार्चुला। आइतबार बिहानदेखि दार्चुलाको हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ ।

दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको हो । व्यास र अपिहिमाल गाउँपालिकाको धेरैजसो भूभाग हिमपातले सेताम्ये भएको छ ।

Your Ad Code Here

उच्च पहाडी र हिमाली क्षेत्रमा आज बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको जनाइएको छ । चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशु चौपाया कठ्याङ्ग्रिएका छन् ।

हिमपातका कारण चिसो बढेपछि स्थानीयले बाहिर निस्कन र दैनिक कामकाम समेत गर्न सकेको छैन । हिमपातपछि चिसो ह्वात्तै बढेकोले विद्यालयमा पढाइ समेत प्रभावित बनेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग