काठमाडौं । राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुने भएको छ ।

अखिल नेपाल महिला सङ्घले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका हुन्।

Your Ad Code Here

उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन सुरु गरिसकेको समेत बताए। मन्त्री थापाले भने, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’

सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग