अर्घाखाँची। नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले सरकार निर्वाचन गर्न तयार रहेको बताएका छन् ।

सरकार बैशाख महिनामै निर्वाचन गर्न तयार रहेको उनले बताएका हुन् । संसद पुनः स्थापन हुन नसक्ने भन्दै सरकारका कारण निर्वाचनको कार्यतालिका हेरफेर नहुने स्पष्ट पारेका छन् ।

Your Ad Code Here

आइतबार सन्धिखर्कमा प्रेस संगठन अर्घाखाँची शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको भन्दै प्राविधिक हिसावले सबै तयारी पूरा हुनेमा सरकार आशावादी रहेको बताए ।

नेकपा स्थायी समिती सदस्य समेत रहेका रायमाझीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको दावी गए । प्रचन्ड सरकार ढाल्न खपिस रहेको भन्दै ९ पटकसम्म सरकार ढालेर देशमा अस्थिरता ल्याउनुभो,“प्रचण्डको काम फार्टी फुटाउने र सरकार गिराउने मात्र भएको जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग