काठमाडौँ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै नेकपा ओली पक्षको नेपाल अखिल महिला संघ(अनेमसंघ) ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

Your Ad Code Here

अनेमसंघले आज गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाही गर्न माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन्। साथैउनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन पनि दिएको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग