सप्तरी (फत्तेपुर) । देशमा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा देशमा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थय मन्त्रालयले जनाएको हो । यससंगै देशमा कुल कोरोना संक्रमितको संख्या दुईलाख ६१ ह्जार ४३८ जना पुगेको जनाइएको छ ।

Your Ad Code Here

हाल पाँच हजार ७११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ७५० जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५३ हजार ८५७ जना सङ्क्रमित निको भएका छन् । हाल ३६७ जना क्वारेन्टिनमा र पाँच हजार ७११ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग