काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपालमाथि डेन्जर व्यंग्य प्रहार गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाको एक खेमाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालमाथि व्यंग्य प्रहार रहेका हुन् ।

Your Ad Code Here

‘अहिले भर्खरै सुरु हुँदैछ उहाँहरुको हालत ! माथिका नेताहरुको ध्यान जम्माजम्मी पद पाउनेमा मात्रै गएको छ। पद चाहिएको थियो भने हाम्रो बैठकमा आएको भए भइहाल्थ्यो। सुन्तला खानु छ भने सुन्तलाघारीतिर आउनुपर्छ, सल्लाघारीतिर लाग्ने !’ भनेका छन् ।

साथै उनले सन् २०२१ ऐतिहासिक वर्ष हुने दाबी गरेका छन्। उनले संविधान कार्यान्वयनमा इतिहास रच्ने दाबी गरेका छन्। उनले यो वर्षमा महान शुद्धीकरणको अभियान सफल हुने दाबी गरेका छन्। नेपालको कम्युनिष्ट आन्दोलनले त्रिसुली नदीले फोहोर किनारामा फालेझैँ फोहोरहरु फ्याँक्ने उनले दाबी गरे। उनले भने, ‘यो वर्ष माइल स्टोन हुने छ। त्यसमा हाम्रो अठोट छ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग