जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट एक जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीको ठक्करबाट सर्लाहीका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

Your Ad Code Here

तामाङ लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुरका सर्वसाधारण भएको जनाइएको छ । उनको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग