सप्तरी (फतेपुर) । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले वन मन्त्रालयलाई हालसम्मकै उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् ।

शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले आफूले जिम्मेवारी पाएको मन्त्रालयलाई हालसम्मकै उत्कृष्ट मन्त्रालय बनाउने बताएका हुन् ।

Your Ad Code Here

उनले ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’ भनेका छन् । वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो ।

कार्यक्रममा मन्त्री आलेले नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलतर्फ संकेत गर्दै सुदूरपश्चिमको राजनीतिमा अब ‘रावलहरु’का दिन सकिएको समेत बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग