काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी फोड्ने तागत कसैसँग नभएको बताएका छन् ।

तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई बचाउनका लागि नै एक हजार एक सय केन्द्रीय सदस्य निर्माण गरिएको बताउँदै पार्टी फोड्ने तागत कसैसँग नभएको बताएका हुन् ।

Your Ad Code Here

पार्टी फुटाउन ४० प्रतिशत चाहिने तर एघार सय पार्टीका केन्द्रीय सदस्य बनाइएपछि कसैलाई पनि पार्टी फुटाउन बहुमत नहुने भएपछि कमिटी विस्तार गरिएको स्पष्ट गरे। अहिले पार्टी फोड्ने तागत कसैसँग पनि नभएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग