काठमाडौं । देशमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४२६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

हालसम्म दुईलाख ६१ ह्जार १९ जनामा भाइरसबाट सङ्क्रमित भएको छ । हाल छ हजार ४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ७४८ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म दुई लाख ५३ हजार १०७ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग