दार्चुला। शिक्षक दिनेश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको कानको जाली फुटाएको भन्दै शिक्षक दिनेश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Your Ad Code Here

महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कक्षा ८ मा अध्ययनरत नौगाड गाउँपालिका–६ का १५ वर्षीय छात्रको शिक्षकको कुटाइबाट कानको जाली फुटेपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको जनाइएको छ ।

सोही विषयमा विद्यार्थीका अभिभावकले दिएको जाहेरीका आधारमा निज शिक्षकलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग