काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले देश अनिश्चित बाटोमा गइरहेको बताएका छन् ।

असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको उनले बताएका हुन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको बताए ।

Your Ad Code Here

सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने उनको विश्वास छ ।प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उनले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको बताए ।

उनले नेपालको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशहरुले अहिले नेपालमा परेड खेल्ने काम गरेको भन्दै नेपालले स्वस्थ विदेश नीति नल्याएमा देशलाई बचाउन कठिन हुने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग