काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा जेठ सम्ममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई फारम खुला गरेको छ । आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ ।

Your Ad Code Here

विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।

बोर्डका अध्यक्ष डा।चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन । सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग