काठमाडौ। नेकपा अध्यक्ष दाहालले दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा दुई समूहमा विभाजित भएको धारण राख्दै उनले यस्तो बताएका हुन् । काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

Your Ad Code Here

‘अझै केही बिग्रेको छैन, प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम फिर्ता लिएमा पार्टी एकता कायम राख्न सकिन्छ,’ दाहालले भने, ‘संसद् विघटनको प्रस्ताव फिर्ता लिए प्रधानमन्त्रीलाई साथ दिन आफू अझै तयार नै रहेको छु ।’

अहिले प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव फिर्ता लिएमा पार्टी एकता कायम गर्दै सहकार्य गरेरै अगाडि बढ्न सक्ने उनले बताए । अब चुनाव भएर आउने प्रधानमन्त्रीले समेत यस्तै संसद् विघटन गर्न सक्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग