विरोध जुलुसमा हुने भिडभाडले कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्

अढाई लाख नेपालीलाई सङ्क्रमित गराइसकेको र झन्डै दुई हजार जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी कायम नै रहेको बेला भिडभाड र जुलुस गर्नु खतरनाक हुनसक्ने जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन्।

Your Ad Code Here

एक सातायता नेपाल फेरि आन्दोलनमय हुन थालेपछि उनीहरूले खबरदारी गरेका हुन्। सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको एउटा समूह र अधिकांश विपक्षी दलहरू सडकमा उत्रिएका छन्।

तर अहिलेको समयमा राजनीतिको साथसाथै जनस्वास्थ्यको दृष्टिकोणलाई पनि उत्तिकै ध्यान दिन जनस्वास्थ्यविद्हरूले सुझाव दिएका छन्। नेकपाको प्रचण्ड(माधव समूहले मङ्गलवार देशैभरि विरोध जुलुस गर्ने कार्यक्रम छ। हजारौँ कार्यकर्तालाई राजधानीसहित सबै जिल्लामा उतार्ने उसको योजना छ।

सोमवार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि देशैभरि हजारौँको सहभागितासहित विरोध कार्यक्रम गरेको थियो। कोरोनाभाइरसबाट जोगिने मुख्य उपाय भनेको मास्कको प्रयोग र भौतिक दूरी रहेको छ। तर आन्दोलन गर्दा भौतिक दूरी कायम नहुने चिन्ता जनस्वास्थ्यविद्हरूको छ।

स्वास्थ्य मन्त्रालयका पूर्वनिमित्त सचिव सुशील प्याकुरेलको विचारमा अहिले मुख्य चिन्ता महामारीविरुद्ध आवश्यक राजनीतिक प्रतिबद्धताको कमी हो। जनस्वास्थ्यका जानकार समिरमणि दीक्षितले आन्दोलन भनिसकेपछि त्यसमा मानिसहरूको भिडभाड हुने र भौतिक दूरी नहुने खतरा औँल्याउँछन्।बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग