काठमाडौं । प्रचण्ड समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले बाजी जितेको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले बाजी जितेको अध्यक्ष प्रचण्डले दाबी गरेका हुन् । उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे ।

Your Ad Code Here

‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी जितिसक्यौं,’ आज पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाको जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी जनताको बीचमा गएका हौं, पछि चुनाव पति जित्छौं ।’

ओलीले प्रतिनिधिसभा बिघटनका लागि कदम चालेर कलंकित हुने काम गरेको प्रचण्डको तर्क थियो । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गर्ने आशा व्यक्त गरे । उनले भने,‘संविधानमा प्रष्टसँग लेखिएको प्रावधान अदालतले नबुझ्ने भन्ने नै हुँदैन ।’ अदालतप्रति आफूहरुको विश्वास रहेको प्रचण्डको भनाई थियो । ओलीले आवेगमा आएर संसद बिघटन गरेको बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग