सप्तरी । सप्तरीबाट ३६ जना सडक मानवको उद्धार गरिएको छ।
सडक मानवमुक्त अभियानमा रहेको मानव सेवा आश्रम नामक संस्थाले सडकमा जीवन विताईरहेका सडक मानवको आइतबार एक कार्यक्रमगरी उद्धार गरिएको हो।
मानसिक स्वास्थ्य बिग्रिएर र अन्य कुनै कारणले सडकमा जीउन मर्न बाध्य यस्ता असहाय र अनाथहरुको उपचार र नयाँ जीवन प्रदान गर्न मानव सेवा आश्रमले उनीहरुको उद्धार गरेका हुन्।
सप्तरी सदरमुकाम राजविराजका अतिरिक्त कंचनरुप नगरपालिका, सप्तकोसी नगरपालिका, सुरुगां नगरपालिका, खड्ग नगरपालिका, रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिका लगायतको क्षेत्रबाट उद्धार गरी ल्याईएका त्यस्ता व्यक्तिहरुलाई उद्धारसहित उपचारका लागि लगेको छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech