सप्तरी । संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा नेत्रविक्रम ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए।

Your Ad Code Here

उनका अनुसार आइतबार दिउँसो बरिव ३ तिर भिडन्त भएको थियो । यस अघि पनि विप्लव समूह र प्रहरीबीच संखुवासभामा २ दुई स्थानमा गोली हानाहान भएको थियो।

विप्लव कार्यकर्ताले प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरे पछि प्रहरीले जवाफी फाइरिङ गरेको डीएसपी मल्लले बताए। विप्लव समूहले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले बताए।

प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डीएसपी मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग