काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
पद बहाली गर्दै मन्त्री रायमाझीले आज कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउँदै उनले ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ।’ भनेका छन् ।
आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने पनि मन्त्री रायमाझीले योजना सुनाएका थिए। उनले मिलेनियन च्यालेन्ज कर्पोरेसनसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech