काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने जनाइएको छ ।

कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको हो । यो पार्टी अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको हो।

Your Ad Code Here

जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका छन्।

कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध भने प्रदर्शन गर्ने निर्णय गरिसकेको छ। सभापति शेरबहादुर देउवाले पुनःस्थापनाको मुद्दा उठाएर सडकमा जान नसकिने स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग