काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचनमा जान तयार हुनुपर्ने बताएका छन् ।

उपसभापति निधिले सर्वोच्च अदालतले विघटित संसद् पुनर्स्थापना गरेन भने कांग्रेस चुनावका लागि तयार हुनुपर्ने बताएका हुन् ।

Your Ad Code Here

कांग्रेसको केन्द्रिय समितिको बैठकमा बिहीबार बोल्दै उनले ‘संसद्को विघटन गलत कदम हो। यसलाई सर्वोच्चले पुनर्स्थापना गरिदियो भने अहिलेको राजनीतिक संक्रमण र अन्योलको सबैभन्दा उत्तम उपचार हुन्छ। यदि पुनर्स्थापना भएन भने कांग्रेस निर्वाचनमा जान तयार हुनुपर्छ। चुनाव भाग्‍नु हुँदैन।’ भनेका छन् ।

उनले थप्दै ‘हामीकहाँ अदालतबाट संसद पुनर्स्थापना भएको नजिर छ। हिजो सडकबाट पनि संसद पुनर्स्थापित भयो। त्यो विशिष्ट राजनीतिक परिस्थिति थियो। अहिले त्यो अवस्था होइन। सडकबाट संसद पुनर्स्थापना गर्ने अभियानमा कांग्रेसजस्तो जिम्मेवार र लोकतान्त्रिक शक्ति लाग्‍नु हुँदैन।’ भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग