काठमाडौं । नेपाली काँग्रेसले गर्ने भनिएको विरोध प्रदर्शनलाई भव्य बनाउन नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले निर्देशन दिएका छन् ।

ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा काँग्रेसले पुष १३ गते सोमबार प्रदर्शन गर्ने भएको छ । आज एक परिपत्र जारी गर्दै अध्यक्ष बस्नेतले सोही प्रदर्शनलाई भव्य बनाउन निर्देशन दिएका हुन् ।

Your Ad Code Here

जारी परिपत्रमा ‘प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टीको के।पी।ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली काँग्रेस पार्टीले यहि २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन गरिन्छ ।’ भनिएको छ ।

पत्रमा ‘साथै २०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न त्यस जिल्ला समितिलाई निर्देशन गरिन्छ । र नेपाल तरुण दल त्यस जिल्ला समितिले उक्त दिन पार्टी संग समन्वय गरी पार्टीको कार्यक्रम संग नजुधने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन यो परिपत्र गरिएको छ ।’ पनि उल्लेख छ ।

No description available.

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग