काठमाडौं । संसद विघटनविरुद्धका रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

आज एकसाथ संवैधानिक इजलासमा प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।

Your Ad Code Here

अब सबै रिटमा आज प्रधानन्यायाधीश राणासहित सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संलग्न संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न तत्कालका लागि माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अब संवैधानिक इजलासमा पक्ष विपक्षको सुनुवाइपछि राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय रोक्ने वा नरोक्ने विषयको छिनोफानो हुनेछ। रिट निवेदकले तत्काल अन्तरिम आदेश जारी नभए मुलुकलाई अपूरणीय क्षति हुने भएकाले प्रारम्भमै अन्तरिम आदेशमार्फत रोक्नुपर्ने माग गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग