काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले संसद बिघटनका घटना निकै गम्भीर भएको बताएका छन् ।

पछिल्लो विकसित घटनाबारे आज संसदीय दलको नेता चयनपछि उनले संसद बिघटनका घटना निकै गम्भीर भएको बताएका हुन् । संसद बिघटनका पछाडि ठुलो षड्यन्त्र भएको बताउँदै देशी विदेशी शक्तिको समेत चलखेल भएको र पछी खुल्दै जाने उनले बताए ।

Your Ad Code Here

‘यो घटनाका पछाडि ठुलो षड्यन्त्र छ,’ प्रचण्डले भनेका छन् । ‘देशी विदेशी शक्तिको चलखेल समय क्रममा खुल्दै जानेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चर्को आलोचना गरेका ओलीले कुनैपनि षड्यन्त्रलाई असफल पार्ने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग