काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ पुष्पा भुषालले निर्वाचनको लागि कांग्रेस सधैं तयार भएको बताएकी छन् ।

एक विशेष साक्षात्कारमा बोल्दै प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाईन् ।

Your Ad Code Here

उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् ।

उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताईन् ।

साथै उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग