काठमाडौं । नेपालमै नयाँ कोरोनाभाइरसको प्रकार उत्पत्ति हुनसक्ने सम्भावना बढेको छ ।

यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएका बेला सरकारले यूकेबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

Your Ad Code Here

तर विज्ञहरूले नेपालमा कोरोनाभाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण कम गरेकोप्रति गम्भीर चिन्ता प्रकट गर्दै भाइरसले खेल्ने ठाउँ धेरै पाए नेपालमै पनि नयाँ कोरोनाभाइरसको प्रकार उत्पत्ति हुनसक्ने बताएका छन्।

नेपाल र यूकेबीच सिधा हवाई सेवा नभए पनि विभिन्न देश हुँदै यूकेबाट मानिसहरू आउने गरेका छन्। सोमवार नै नागरिक उड्ययन प्राधिकरणले सबै वायुसेवालाई बुधवार राति ११:५९ पछि यूकेबाट वा यूके हुँदै नेपाल आइपुग्ने यात्रुहरूलाई नल्याउन निर्देशन दिएको छ।

जसका कारण यूकेमा देखिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने आशङ्काहरू व्यक्त भइरहेका छन्। यसै सन्दर्भमा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समिति बैठकले यूकेबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको संयोजक महेन्द्र गुरागाँइले बताए।

उनी भन्छन्, ‘यूकेबाट आउन अहिले रोक लगाउने निर्णय भएको छ। ट्रान्जिटमा आइसकेका र उडान शुरू गरिसकेकाहरूका लागि होटलमा क्वारन्टीन राखेर स्वास्थ्यले परीक्षण गरेर पठाउने तर उडान बाँकी रहेकाहरूलाई भने रोक्ने निर्णय भएको छ।’

यस्तो निर्णयको जानकारी सबैलाई पठाइसकिएको र यूकेबाट अनि यूके हुँदै कुनै पनि यात्री अव अर्को निर्णय नभएसम्म नेपाल आउन नपाउने उनको भनाइ छ। कोरोनाभाइरको नयाँ प्रकारलाई नेपाल भित्रिन नदिन सरकारले यस्तो निर्णय गर्नु सकारात्मक भएको जनस्वास्थ्यविद्‌हरूको भनाइ छ।-बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग