काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता पुस ५ गते नै भएको भएको जनाइएको छ ।
प्रस्ताव दर्ता भएको समयबारे फरक फरक कुरा बाहिर ल्याएको संघीय संसद सचिवालयले पूनः आज उक्त प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको स्पष्ट पारेको हो।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे स्पष्ट पारेका हुन् ।
उनले सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएका हुन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech