सप्तरी (फत्तेपुर) । हाल गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन तथा पहाडका केही भू–भागमा वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

Your Ad Code Here

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ८ गते (बुधबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ८ गते ९बिहिबार)
दिउँसो : देशका पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष ९ गते (शुक्रबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ का पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग