काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विभिन्न १० वटा निवेदन सर्वोच्च अदालतमा प्रस्तुत भएको छ ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी सहितत त्यसलाई उल्ट्याउन माग गर्दै हाल विभिन्न १० वटा निवेदन सर्वोच्च अदालतमा प्रस्तुत भएको अधिकारीहरूले जनाएका हुन्। आइतबार तीन वटा निवेदन पेस भएका थिए।

Your Ad Code Here

‘अहिलेसम्म संसद् विघटनको विरुद्धमा १० वटा निवेदन आइसकेका छन्। तिनीहरू दर्ता भइसकेका छैनन्।’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘दर्ता गर्ने जिम्मेवारी पाएको साथीले के कस्तो छ भनेर कार्यविधिगत काम गरिरहनुभएको छ। हामी दर्ता गर्ने प्रक्रियामा छौँ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग