काठमाडौँ। उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् ।

उखु किसानले सम्पूर्ण भुक्तानी नभएसम्म आफूहरू आन्दोलन स्थगित नगर्ने अडानमा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकरी दिएका हुन् ।

Your Ad Code Here

सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगीले भुक्तानी दिने क्रम सुरु गरेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।

आन्दोलन सुरु गरेयता श्रीराम सुगर मिलले २५ करोड र अन्नपूर्ण सुगर मिल तथा इन्दिरा सुगर मिलका सञ्चालकले आठ करोड रुपियाँ भुक्तानी गरिसकेका छन् ।

ती मिलका सञ्चालकले दिनदिनै भुक्तानी गर्दै आएको भए पनि किसानले पूरै भुक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने धारणा वार्तामा राखेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग