काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेपछि नेता भीम रावलले कडा प्रतिक्रिया जनाएका छन् ।

शनिबार एका बिहानै खुमलटार पुगेरै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई भेटेपछि समाजिक सञ्जाल ट्वीटर मार्फत कडा प्रतिक्रिया जनाएका हुन् ।

Your Ad Code Here

उनले ट्वीटरमा ‘बिहान प्रम केपि ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ?, नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।’ भनेका छन् ।

No description available.

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग