सप्तरी (फत्तेपुर) । हाल नेपालको पश्चिमी तथा मध्य तराइ भू–भागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध साथै तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Your Ad Code Here

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ४ गते (शनिबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ५ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेश भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)
दिउँसो : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग