काठमाडौं । देशमा थप ७७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालभरि ७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार ६,५८८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

Your Ad Code Here

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५१,६०० नाघेको छ। तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ। मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९,५८० जनामा सक्रिय सङ्क्रमण छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग