सप्तरी । सप्तरी लगायत तराईका अधिकांश ठाउँमा बाक्लो हुस्सु लागेको छ ।
हाल सप्तरी जिल्ला लगायत तराईका अधिकांश ठाउँमा बाक्लो हुस्सु लाग्नुको साथै दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्नाले जनजीवन प्रभावित भएका हुन् ।
तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech