काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका छन् । सोहीको विरोधमा आज अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

Your Ad Code Here

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका छन् । ओलीको यस कदम विरुद्ध देशभर तहल्का मचिएको छ ।

पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको र संसद्को नियमित अधिवेशन बोलाउने समय भएको अवस्थामा प्रधानमन्त्रीले अप्रत्यासित रूपमा अध्यादेश ल्याउनु गलत भएको नेकपाकै नेताहरुले ठहर गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग