काठमाडौँ । विवादित अध्यादेश अनुसार निर्णय गर्न प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आनाकानी गरेका छन्।

संवैधानिक परिषदमा अध्यक्षसहित तीनजना मात्रै सदस्य उपस्थित भए पनि निर्णय लिन सक्ने गरी जारी भएको अध्यादेश अनुसार अघि बढ्न प्रधानन्यायाधीश राणाले आनाकानी गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंगलबार बेलुका बसेको परिषद्को बैठकमा राणाले ‘भटाभट निर्णय गर्ने’ प्रस्तावलाई अस्वीकार गरेका हुन्।

Your Ad Code Here

अध्यादेश जारी भएपछि परिषद्को सदस्य रहेका सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि निर्णय गर्न बाटो खुलेको थियो। प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिसका गर्ने निर्णय भए पनि राणाको आग्रहमा दुई दिन निर्णय सार्वजनिक नगर्न ओली तयार भएको स्रोतले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग