काठमाडौँ । तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन मन्त्रालयले आग्रह गरेको हो । काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो ।

Your Ad Code Here

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताए । उनले देशभरका कुल सङ्क्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुनसक्ने बताए।

उनले भने “सहरी क्षेत्र भएको र वैकल्पिक विधिमध्ये अनलाइन माध्यमबाट कक्षासमेत सञ्चालन भइरहेको अवस्थामा भौतिक रूपमा नै कक्षा सञ्चालनका लागि बेला भएको छैन ।” कोरोना प्रभावित अन्यन्त कम भएका जिल्लामा भने स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रवक्ता डा गौतमले जोखिम कम भएका जिल्लामा पाँच, छ जना मात्र सङ्क्रमित भएको अवस्थामा भने सावधानीपूर्वक विद्यालय सञ्चालन गर्न सकिने स्पष्ट पारे । उनले विद्यालय खुलाउँदा शिक्षक तथा विद्यार्थी दुवैले स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग