काठमाडौं। नेपाली कांग्रेसले आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा चितवनमा पनि विशाल प्रदर्शन भएको छ।

सरकारको दमन र सर्वसत्तावादको बिरोधमा कांग्रेस नेता कार्यकर्ताहरुले पार्टीको झण्डा सहित व्यापक प्रदर्शन गरेका छन्। चितवनमा कांग्रेसको नेतृत्वमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको एक स्थानिय नेताले बताए ।

Your Ad Code Here

देशमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेपछि कांग्रेसले सरकार विरोधी आन्दोलनको अगुवाई गरेको हो। हालै पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई नेकपा सरकारले स्थानिय प्रशासन र आफ्ना कार्यकर्ता परिचालन गरेर दुर्व्यवहार गरेको थियो।

बिना कुनै गल्ती देशको व्यवस्थामाथि नै कम्युनिस्ट सरकारले लात हानेपछि सरकारप्रति रुस्ट रहेको कांग्रेसले देशव्यापी प्रदर्शन आह्वान गरेको हो। कांग्रेसले मंसिर २९ गते देशव्यापी सरकारविरोधी आन्दोलन गरिरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग