काठमाडौं। सरकारविरुद्ध नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा आउने अवस्था बनेको छ ।

Your Ad Code Here

सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।

यसैगरी काँग्रेसले देशभर केन्द्रीय नेता खटाएको छ । सभापति शेरबहादुर देउवा मकवानपुरको प्रदर्शनमा सहभागी हुँदैछन् । उनका साथमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग